• २० असोज २०८३, मंगलबार
  • २ः१७ दिउँसो

कुलमानजत्तिको भ्रष्टाचारी कोही देखेको छैन : एमाले नेता बस्नेत

प्रकाशित मिति

२०८२ आश्विन २२ गते, बुधबार ०१:०९

असोज २२, २०८२  काठमाडौं–  नेकपा एमालेका नेता महेश बस्नेतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि कडा आरोप लगाउँदै आफूले घिसिङजत्तिको भ्रष्टाचारी अरू कोही नदेखेको दाबी गरेका छन्। बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बस्नेतले भ्रष्टाचारका विषयमा छानबिनको प्रक्रिया कुलमान घिसिङबाट सुरु गर्नुपर्ने बताए।

National Life

“भ्रष्टाचारीमाथि छानबिन हुनैपर्छ, र त्यो कुलमान घिसिङबाट सुरु हुनुपर्छ,” नेता बस्नेतले भने, “किनकि मैले उहाँजत्तिको भ्रष्टाचारी कोही देखेको छैन।”

उनले पत्रकारले राखेको प्रश्नको उत्तर दिँदै कुलमानमाथि गम्भीर आरोप लगाएका हुन्। त्यस्तै, बस्नेतले हालका अर्थमन्त्री रामेश्वर खनालमाथि पनि छानबिन आवश्यक रहेको टिप्पणी गरे। उनको यो अभिव्यक्तिले राजनीतिक वृत्तमा थप बहस चर्किने देखिएको छ भने कुलमान घिसिङका समर्थक तथा ऊर्जा क्षेत्रका विश्लेषकहरूबाट प्रतिक्रिया आउने अपेक्षा गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया