• २० असोज २०८३, मंगलबार
  • २ः१७ दिउँसो

नेकपा एकीकृत समाजवादीले किन बोलायो बैठक ?

प्रकाशित मिति

२०८२ आश्विन २१ गते, मंगलवार ०१:५४

असोज २१, २०८२ काठमाडौं- नेकपा एकीकृत समाजवादीले असोज २४ गतेका लागि केन्द्रीय सचिवालय बैठक बोलाएको छ। पार्टीका उपाध्यक्ष प्रकाश ज्वालाले बैठकको जानकारी दिँदै त्यसपछि क्रमशः स्थायी कमिटी र पोलिटब्युरो बैठक पनि बोलाइने बताएका छन्।

National Life

“सचिवालयले स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठकको मिति तय गर्छ,” उपाध्यक्ष ज्वालाले स्पष्ट पारे। भदौ अन्त्यतिर पार्टी कमिटीहरूको बैठक बोलाउने तयारी भए पनि जेनजी आन्दोलनका कारण ती बैठकहरू स्थगित भएका थिए। अब पुनः सुरु हुन लागेको बैठक शृंखलामा पार्टी एकतासम्बन्धी विषय प्रमुख एजेन्डामा रहेको एकीकृत समाजवादीका नेताहरूले बताएका छन्।

यसअघि बसेको सचिवालय बैठकले नेता बेदुराम भुसालको नेतृत्वमा वार्ता टोली गठन गरी पार्टी एकता प्रयास अघि बढाएको थियो। आगामी बैठकले सो प्रक्रियामा थप निर्णय गर्ने अपेक्षा गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया