• २० असोज २०८३, मंगलबार
  • २ः१७ दिउँसो

विशेष महाधिवेशनका लागि असोज २४ भित्र हस्ताक्षर गर्नुस्: विश्वप्रकाश शर्मा

प्रकाशित मिति

२०८२ आश्विन २१ गते, मंगलवार ०१:३०

असोज २१, २०८२ काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशन माग गर्दै भइरहेको हस्ताक्षर संकलन अभियानमा महाधिवेशन प्रतिनिधिहरूलाई असोज २४ गतेभित्र सहभागी हुन अपिल गरेका छन्। भिडियो सन्देशमार्फत शर्माले, “हस्ताक्षर गर्न चाहनुहुन्छ भने २४ गते भित्रै गर्नुस्,” भन्दै समयमा हस्ताक्षर गर्न आग्रह गरेका हुन्। उनले २६ गते बस्ने केन्द्रीय समिति बैठकलाई कुर्ने सोच राख्नेप्रति संकेत गर्दै भने, “लगनपछिको पोते के काम!”

National Life

महामन्त्री शर्माले विशेष महाधिवेशन पार्टी बलियो बनाउने प्रक्रियाको एक हिस्सा हुने बताउँदै, “पार्टीभित्र गम्भीर संवाद र निर्णय आवश्यक छ, त्यसका लागि विशेष महाधिवेशन सकारात्मक अवसर हो,” भन्ने विश्वास व्यक्त गरेका छन्। कांग्रेसभित्र विशेष महाधिवेशनको मागलाई लिएर विभिन्न धारणा प्रस्तुत भइरहेका बेला शर्माको यो अपिल सार्वजनिक भएको हो।

प्रतिकृया