• ३१ भदौ २०८३, बुधबार
  • ८ः१० राती

असोज १७ देखि २० सम्म भारी वर्षाको सम्भावना, प्राधिकरणद्वारा उच्च सतर्कता अपनाउन आग्रह

प्रकाशित मिति

२०८२ आश्विन १६ गते, बिहीबार ०८:४३

असोज १६, २०८२ काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १७ देखि २० गतेसम्म देशका विभिन्न प्रदेशहरूमा भारी वर्षा हुन सक्ने पूर्वानुमानसँगै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

National Life

प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको जानकारी उद्धृत गर्दै विशेष गरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा मध्यमदेखि भारी वर्षा हुने उल्लेख गरेको छ। यो अवधिमा नारायणी, बागमती, कमला र कोशी नदीमा बहाव खतरा तहसम्म पुग्न सक्ने सम्भावना देखिएको छ।

सूचनामा भनिएको छ, “बागमती प्रदेशको काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर र चितवन, कोशी प्रदेशको सङ्खुवासभा, ताप्लेजुङ, इलाम, झापा र मोरङ, मधेस प्रदेशको बारा, पर्सा, सर्लाही, रौतहट लगायतका जिल्लामा आकस्मिक बहाव र डुबानको जोखिम उच्च छ।”

Classic Tech Mobile
Classic Tech Desktop

प्राधिकरणले सम्भावित बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै स्थानिय तह, सुरक्षा निकाय र सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आह्वान गरेको छ।

प्रतिकृया