• ३१ भदौ २०८३, बुधबार
  • ११ः४९ राती

सन्दीप लामिछाने पहिलो खेलनै नखेलेपछि निलम्बन

प्रकाशित मिति

२०८२ आश्विन १५ गते, बुधबार ०७:३०

असोज १५, २०८२ काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछाने वेस्ट इन्डिजविरुद्धको शृंखलाका अन्तिम दुई खेलका लागि निलम्बनमा परेका छन्।

National Life

नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै सन्दीपलाई अनुशासन उल्लंघनको आरोपमा निलम्बन गरिएको जानकारी दिएको हो। क्यानका महासचिव पारस खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार सन्दीपले शृंखलाको पहिलो खेल सुरु हुनुभन्दा झण्डै ४५ मिनेटअगाडि आफैंले नखेल्ने निर्णय गरेका थिए, जसले टोली व्यवस्थापन, खेलाडीहरू र समग्र नेपाली क्रिकेटमा गम्भीर असर पारेको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, “सन्दीप लामिछानेले पहिलो खेलअघि अन्तिम समयमा आफू नखेल्ने जानकारी दिएपछि व्यवस्थापन, रणनीति र टोलीको मनोबलमा प्रतिकूल प्रभाव परेको छ।”

Classic Tech Mobile
Classic Tech Desktop

त्यसको आधारमा व्यवस्थापनको सिफारिसमा उनलाई बाँकी खेलहरू तथा सम्पूर्ण सिरिजका लागि निलम्बन गरिएको क्यानले जनाएको छ।यद्यपि, आगामी महिनामा ओमानमा आयोजना हुने टी–२० विश्वकप एसिया छनोटका लागि भने सन्दीप लामिछानेलाई टोलीमा समावेश गरिएको छ। नेपाली टोली यस प्रतियोगिताका लागि ओमान प्रस्थान गरिसकेको छ।

प्रतिकृया