• १ असोज २०८३, बिहीबार
  • ३ः०० राती

दशैं बिदामा पनि सरकारी भुक्तानी नरोकिने:महालेखा नियन्त्रक कार्यालय

प्रकाशित मिति

२०८२ आश्विन १४ गते, मंगलवार ०६:३०

काठमाडौं, असोज १४ — दशैंको बिदाबीच पनि सरकारी भुक्तानी प्रक्रियामा अवरोध नआउने भएको छ। महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई आवश्यक वैकल्पिक व्यवस्था मिलाउन निर्देशन दिएको छ।

National Life

महालेखाले पठाएको पत्रमा भनिएको छ, “दशैंको बिदाको समयमा राहत, उद्धार, क्षतिपूर्ति लगायत शीर्षकमा भुक्तानी आवश्यक पर्न सक्ने भएकाले सम्बन्धित निकायबाट प्राप्त हुने भुक्तानी आदेशका आधारमा निकासा दिनु पर्ने व्यवस्था मिलाइयोस्।”

यसअनुसार, कोष तथा लेखा नियन्त्रक कार्यालयहरुले दशैं बिदामा समेत अत्यावश्यक भुक्तानी कार्यको सुनिश्चितता गर्नुपर्नेछ। महालेखाले कुनै पनि किसिमको जनहितसँग सम्बन्धित भुक्तानी रोकिन नदिने स्पष्ट पारेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

दशैंजस्ता लामो बिदामा सरकारी सेवा प्रभावित हुन नदिन यो निर्णयलाई प्रभावकारी मानिएको छ।

प्रतिकृया