• ३१ भदौ २०८३, बुधबार
  • ११ः३२ राती

जेनजी प्रदर्शनमा ६५ सयभन्दा बढी गोली प्रहार, ८ हजार अश्रुग्याँस प्रयोग

प्रकाशित मिति

२०८२ आश्विन १२ गते, आईतवार १२:२०

असोज १२, २०८२ काठमाडौं– जेनजी आन्दोलन नियन्त्रणका क्रममा प्रहरीले ६ हजार ५ सयभन्दा बढी गोली प्रहार गरेको विवरण एक आन्तरिक प्रतिवेदनमार्फत सार्वजनिक भएको छ। प्रहरी प्रधान कार्यालयको आदेशमा गठित छानबिन समितिको प्रतिवेदन अनुसार भदौ २३ र २४ मा भएका प्रदर्शनहरूमा ४ हजार जङ्गी राउन्ड र २५ सयभन्दा बढी रबर बुलेट प्रयोग गरिएको उल्लेख छ।

National Life

डीआईजी दीपक रेग्मीको नेतृत्वमा बनेको समितिले लुटिएका हतियार र खर्च भएका गोलीको विस्तृत विवरण तयार गरी प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुवेर खापुङलाई बुझाएको हो।

प्रहरीका एक उच्च अधिकृतका अनुसार काठमाडौंको बानेश्वर लगायत देशभर प्रदर्शन नियन्त्रण गर्न २५ सयभन्दा बढी ब्ल्याङ्क राउन्ड (ध्वनि मात्र आउने) समेत प्रहार गरिएको छ। त्यस्तै, प्रदर्शनकारी नियन्त्रणका लागि ८ हजार सेल अश्रुग्याँस प्रयोग गरिएको छ, जसमध्ये काठमाडौं उपत्यकामा मात्रै ४ हजार सेल प्रहार गरिएको प्रतिवेदनमा उल्लेख छ।

Classic Tech Mobile
Classic Tech Desktop

उपत्यकाको बानेश्वर, माइतीघर, कालीमाटी, थिमी र मालिगाउँ क्षेत्र मुख्य प्रभावित क्षेत्रहरू रहे। प्रहरी प्रधान कार्यालय जोगाउने क्रममा मात्रै १३ सय सेल अश्रुग्याँस प्रयोग भएको र मधेस प्रदेशमा ६ सय सेल प्रहार गरिएको रिपोर्टमा जनाइएको छ।

प्रतिकृया