• १ असोज २०८३, बिहीबार
  • ८ः०३ राती

श्रीनगर एग्रीटेकले सर्वसाधारणका लागि असोज २६ देखि आईपीओ जारी गर्ने

प्रकाशित मिति

२०८२ आश्विन १२ गते, आईतवार ०९:५६

असोज १२, २०८२ काठमाडौं– श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले असोज २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ (प्राथमिक शेयर निष्कासन) जारी गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्यको कुल ३२ लाख ६२ हजार ५०० कित्ता आईपीओ जारी गर्न अनुमति पाएको छ।

National Life

वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूलाई ३ लाख ९ हजार ९३८ कित्ता र आयोजना प्रभावितलाई १ लाख ६३ हजार १२५ कित्ता आईपीओ बाँडफाँड गरिएको छ। त्यसपछि सामूहिक लगानी कोषलाई १ लाख ५४ हजार ९६९ कित्ता र कम्पनीका कर्मचारीलाई १ लाख २३ हजार ९७५ कित्ता सुरक्षित गरी बाँकी रहेका २५ लाख १० हजार ४९३ कित्ता आईपीओ सर्वसाधारणलाई जारी गर्न लागेको हो।

आईपीओमा आवेदन दिन इच्छुक व्यक्तिले कम्तीमा १० कित्ता र बढीमा १० हजार कित्ता आईपीओका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति असोज २९ गते तोकिएको छ। यस आईपीओ निष्कासन र बिक्री व्यवस्थापनको काम नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया