• १ असोज २०८३, बिहीबार
  • ४ः३१ बेलुका

नयाँ कुमारीमा आर्यतार, आसन ग्रहण मंगलबार हुनेछ

प्रकाशित मिति

२०८२ आश्विन १२ गते, आईतवार ०९:५२

असोज १२, २०८२ काठमाडौं– काठमाडौंको इटुम्बहालबाट साढे दुई वर्षकी आर्यतारा शाक्यलाई नयाँ कुमारीको रुपमा चयन गरिएको छ। उनी मंगलबार दिउँसो १२:०५ देखि १२:१६ बजेको बीचमा कुमारीको आसन ग्रहण गर्ने कार्यक्रम रहेको छ।

National Life

यससँगै हालसम्म कुमारी रहँदै आएकी तृष्णा शाक्यलाई बाजागाजासहित सम्मानपूर्वक बिदाइ गरिनेछ।

शाक्य महाबिहार संघको आह्वानपछि सिफारिस भएका नामहरुमध्येबाट नयाँ कुमारी छनोट गरिएको हो। संघले काठमाडौंका १५ बहालहरुलाई पत्र पठाएर नयाँ कुमारीका लागि नाम सिफारिस गर्न आग्रह गरेको थियो। प्राप्त नामावलीबाट निर्णायक मण्डल, गुठी संस्था र पञ्चाङ्ग निर्णायक समितिको परामर्शमा परम्परागत विधिअनुसार आर्यतारालाई नयाँ कुमारी घोषित गरिएको संघले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

कुमारीलाई जीवित देवीको रूपमा पूज्ने परम्परा नेपाली संस्कृतिको महत्वपूर्ण हिस्सा हो र यसरी चयन गरिने कुमारीलाई धार्मिक तथा सांस्कृतिक दृष्टिले ठूलो सम्मान दिइन्छ।

प्रतिकृया