• १ असोज २०८३, बिहीबार
  • १२ः५९ दिउँसो

रिभर फल्स पावर लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने म्याद असोज २६ गतेसम्म थप

प्रकाशित मिति

२०८२ आश्विन १२ गते, आईतवार ०८:३७

असोज १२, २०८२ काठमाडौं– रिभर फल्स पावर लिमिटेडले जारी गरिरहेको हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरिएको छ। यसअघि असोज १२ गतेलाई अन्तिम म्याद तोकिएकोमा अब असोज २६ गतेसम्म आवेदन दिन सकिनेछ।

National Life

कम्पनीले साउन २२ गतेसम्म कायम रहेका शेयरधनीहरूका लागि प्रतिकित्ता १०० रुपैयाँको दरमा १ बराबर १ को अनुपातमा ७० लाख कित्ता हकप्रद शेयर निष्कासन गरिरहेको छ। हकप्रद शेयर भदौ २३ गतेदेखि बिक्री खुला गरिएको हो।

यस हकप्रद शेयर निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मा प्रभु क्यापिटल लिमिटेडले लिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

इच्छुक शेयरधनीहरूले प्रभु क्यापिटलको कमलादीस्थित कार्यालय तथा प्रभु बैंकका बेशिशहर, पोखरा, वीरगंज, ईलाम, बुटवल, सुर्खेत र धनगढी शाखाबाट वा ‘मेरो शेयर’ प्रणाली प्रयोग गरी अनलाइनमार्फत पनि सजिलै आवेदन दिन सक्नेछन्।

प्रतिकृया