• २० असोज २०८३, मंगलबार
  • ४ः४६ बेलुका

प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक सिलवालले गरे पदभार ग्रहण

प्रकाशित मिति

२०८२ आश्विन ७ गते, मंगलवार ०४:३१

असोज ७, २०८२ काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले आज पदभार ग्रहण गरेका छन्। सरकारको निर्णय अनुसार हितेन्द्रदेव शाक्यलाई हटाएर सिलवाललाई नियुक्त गरिएको हो।

National Life

ऊर्जामन्त्री कुलमान घिसिङले जेन–जी आन्दोलनपछि कार्यभार सम्हालेपछि प्राधिकरणको नेतृत्वमा परिवर्तन गरेका हुन्।सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ का स्थायी बासिन्दा सिलवाल इन्जिनियर हुन्। उनले २०५१ सालमा प्राधिकरणमा पाँचौँ तहबाट सेवा प्रवेश गरेका थिए र पछिल्लो समय वितरण तथा ग्राहक सेवा निर्देशनालयमा कार्यरत थिए।

प्रतिकृया