• २० असोज २०८३, मंगलबार
  • ५ः४० बेलुका

राष्ट्र बैंकद्वारा ९० अर्ब निक्षेप संकलन, अधिक तरलता नियन्त्रणमा केन्द्रित

प्रकाशित मिति

२०८२ आश्विन २ गते, बिहीबार १२:३०

असोज २, २०८२ काठमाडौं- वित्तीय प्रणालीमा कायम अत्यधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज (बिहीबार) ९० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दैछ। ‘बोलकबोल प्रणाली’मार्फत दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गरी उक्त निक्षेप संकलन गरिँदैछ।

National Life

राष्ट्र बैंकका अनुसार अहिले देशको कुल बैंकिङ निक्षेप ७२ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। यसले गर्दा वित्तीय प्रणालीमा अत्यधिक तरलता उत्पन्न भएको छ, जसले ब्याजदरलाई पनि प्रभावित पारिरहेको छ।

केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा प्रयोग गरेर तरलता व्यवस्थापन गर्ने अभ्यास गर्दै आएको छ। आजको बोलकबोलमा ‘क’, ‘ख’, र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन सक्नेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

बोलकबोलको माध्यमबाट निर्धारण हुने ब्याजदरअनुसार, सबैभन्दा कम दर बोल गर्ने संस्थाहरूलाई प्राथमिकता दिइनेछ। निक्षेपको सावाँ तथा ब्याज रकम २०८२ साल असोज १२ गते भुक्तानी गरिनेछ।

बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ तोकिएको छ, भने अधिकतम सीमा ५ करोडले भाग जाँदा निःशेष भाग जाने गरी कुल ९० अर्ब रुपैयाँसम्मको निक्षेप संकलन गरिनेछ।

केन्द्रीय बैंकले खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार दीर्घकालीन प्रकृतिको तरलता व्यवस्थापन गर्न अधिकतम ६ महिनासम्मको अवधिका संरचनात्मक खुला बजार उपकरण प्रयोग गर्न सक्ने व्यवस्था राखेको छ। यही व्यवस्थाअनुसार पछिल्ला चरणमा पनि राष्ट्र बैंकले पटक–पटक यस्तो निक्षेप संकलन गरिरहेको छ।

प्रतिकृया