• २ असोज २०८३, शुक्रबार
  • २ः४७ दिउँसो

गृहमन्त्री अर्यालद्वारा ट्राफिक प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह

प्रकाशित मिति

२०८२ भाद्र ३१ गते, मंगलवार ०२:२६

भदौ ३१,२०८२ काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले ट्राफिक प्रहरीलाई उच्च मनोबलका साथ आफ्नो जिम्मेवारीमा खटिन आग्रह गरेका छन्। मंगलबार जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय निरीक्षण गर्दै उनले यस्तो आग्रह गरेका हुन्।

National Life

निरीक्षणका क्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दानबहादुर कार्की, उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारी लगायतले गृहमन्त्रीलाई कार्यालयको अवस्था बारे जानकारी गराएका थिए।

गृहमन्त्री अर्यालले हालको भवनबाटै सेवा सञ्चालन गर्न निर्देशन दिँदै सरकारका तर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता जनाए। उनले शान्ति सुरक्षा र सुशासनका विषयलाई गम्भीरतापूर्वक अघि बढाइने उल्लेख गर्दै छिट्टै सबै कुरा लयमा फर्कने विश्वास पनि व्यक्त गरे।

Classic Tech Mobile
Classic Tech Desktop

उनका अनुसार वर्तमान सरकारले कसैमाथि पनि पक्षपात नगरी निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्नेछ। जेन–जी आन्दोलनका क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय जलेर ध्वस्त भएको छ भने कार्यालय परिसरमा रहेका सवारीसाधन पनि जलेका छन्।

प्रतिकृया