नवनियुक्त तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?
प्रकाशित मिति
२०८२ भाद्र ३० गते, सोमबार १२:४१
भदौ ३०,२०८२ काठमाडौं – सोमबार शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र गृह तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओम प्रकाश अर्याललाई शपथ दिलाएका हुन्।
पूर्वसचिव खनालले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई ऊर्जा मन्त्रालयसँगै भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।
अधिवक्ता तथा जेनजी आन्दोलनका सहजकर्ता अर्यालले गृह र कानुन मन्त्रालय सम्हाल्ने अवसर पाएका छन्। शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायतका नेपाल सरकारका विशिष्ट अधिकारीहरूको उपस्थिती रहेको थियो।







प्रतिकृया