• २० असोज २०८३, मंगलबार
  • ६ः३१ बेलुका

शीतल निवासमा राष्ट्रपति, प्रधानसेनापति र जेन्जी प्रतिनिधिबीच त्रिपक्षीय छलफल,के आउला निणर्य ?

प्रकाशित मिति

२०८२ भाद्र २७ गते, शुक्रबार ०५:२५

भदौ २७,२०८२ काठमाडौँ –  प्रधानसेनापति अशोकराज सिग्देल पुनः राष्ट्रपति भवन शीतल निवास पुगेका छन्। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलसँग वान–टू–वान एक घण्टा लामो भेटवार्ता गरेर बाहिरिएका सिग्देल फेरि शीतल निवास प्रवेश गरेका हुन्।

National Life

शीतल निवासमा अहिले राष्ट्रपति पौडेल, प्रधानसेनापति सिग्देल र जेनजी आन्दोलनका प्रतिनिधिहरूबीच त्रिपक्षीय छलफल चलिरहेको स्रोतले जनाएको छ। जेनजी पक्षले प्रस्ताव गरेका पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाममा सहमति भइसके पनि प्रक्रियागत विषयमा अझै छलफल जारी रहेको बताइएको छ।

जेनजीहरूले प्रतिनिधि सभा विघटन गरी नयाँ अन्तरिम सरकार गठन गर्नुपर्ने आफ्नो अडान दोहोर्याइरहेका छन्। तर राष्ट्रपति पौडेलले यसअघि उक्त प्रस्ताव अस्वीकार गर्दै आएका थिए। स्रोतका अनुसार आजै कुनै न कुनै निकास दिनेगरी छलफललाई टुंग्याउने प्रयास भइरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया