• २१ जेठ २०८३, बिहीबार
  • ५:४२ बिहान

गभर्नर पौडेलद्वारा उद्योगी–व्यवसायी र वित्तीय संस्थासँग छलफल, के आयो निष्कर्ष ?

प्रकाशित मिति

२०८२ भाद्र २७ गते, शुक्रबार ०५:०८

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थासम्बन्धी संघ–संस्थाका प्रतिनिधि र उद्योगी–व्यवसायीहरूसँग वर्तमान घटनाक्रमले अर्थतन्त्रमा पार्ने प्रभावबारे विस्तृत छलफल गरेका छन्। गभर्नर पौडेलले शुक्रबार भएको छलफलमा वित्तीय संस्थाहरू र उद्योगी–व्यवसायीबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै वर्तमान परिस्थितिलाई व्यवस्थित ढंगले व्यवस्थापन गर्न आवश्यक कदम चाल्नुपर्नेमा जोड दिए।

उनले उद्योग र वित्तीय क्षेत्रबीचको समन्वयलाई अझ मजबुत बनाउन तथा आगामी नीतिगत र नियामक कदमहरू तय गर्दा सरोकारवालाका सुझावलाई प्राथमिकता दिने प्रतिबद्धता पनि व्यक्त गरे। छलफलमा सहभागी बैंक र उद्योगका प्रतिनिधिहरूले हाल देखिएका चुनौती, सम्भावित जोखिम र आगामी रणनीतिबारे गभर्नरसँग परामर्श गरेका थिए। उनीहरूले विशेष गरी वित्तीय स्थायित्व, लगानी प्रवाहमा आएको अवरोध र उद्योग क्षेत्रमा देखिएका समस्या समाधानका लागि अपनाउन सकिने उपायबारे विचार राखेका थिए।

Kamana Sewa

जेन जी आन्दोलनका कारण उद्योग र बैंकिङ क्षेत्रमा परेको असर छलफलको मुख्य एजेन्डा बनेको थियो। सहभागीहरूले वर्तमान चुनौती र भविष्यका जोखिमको विश्लेषण गर्दै दीर्घकालीन रणनीति तय गर्ने तयारी भइरहेको बताएका छन्।

Classic Tech Desktop

प्रतिकृया