• ४ साउन २०८३, सोमबार
  • १:४० बिहान

जेन-जी समूह भर्चुअल बैठकमा, वार्ता समिति गठन र एजेन्डा तय हुँदै

प्रकाशित मिति

२०८२ भाद्र २५ गते, बुधबार ०३:५३

भदौ २५,२०८२ काठमाडौँ – सेनाको पहलमा राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ता गर्न जेन-जी समूह बैठक बसेको छ। बैठकमा वार्ता समिति गठन गर्ने र वार्ताका एजेन्डा निश्चित गर्ने विषयमा छलफल भएको छ।

बैठकमा सहभागी एक सदस्यका अनुसार ठूलो संख्यामा जेन-जी समूह भर्चुअल माध्यमबाट सहभागी भएको थियो। छलफलमा वार्तामा कसरी प्रस्तुत हुने, शासकीय स्वरूप कस्तो बनाउने, नयाँ सरकार कसरी बनाउने र शासन अवधि कस्तो हुने जस्ता विषयहरू समावेश भएका छन्।

Kamana Sewa

वार्ता टोलीको नेतृत्व कसले गर्ने र टोलीमा कति सदस्य रहने भन्ने विषय पनि बैठकमा तय गरिनेछ। प्रधानसेनापति अशोकराज सिग्देल र राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार नै जेन-जी समूहलाई वार्ताका लागि आह्वान गरेका थिए।

Classic Tech Desktop

प्रतिकृया