केन्द्रीय कारागार सुन्धाराबाट ३,३ सय कैदी फरार, टोपबहादुर रायमाझीसमेत भागे
प्रकाशित मिति
२०८२ भाद्र २५ गते, बुधबार ०३:२५
भदौ २५,२०८२ काठमाडौँ – सुन्धारास्थित केन्द्रीय कारागारबाट करिब ३,३ सय कैदीबन्दी फरार भएका छन्। कारागारमा कुल ३,८ सय कैदीबन्दीमध्ये हाल करिब ५ सयको हाराहारीमा मात्र बाँकी रहेका छन्।
स्रोतका अनुसार, भद्रबन्दी गृहमा करिब १००, महिला बन्दी गृहमा करिब १००, र सेन्ट्रल कारागारमा करिब ३०० कैदीबन्दी बाँकी छन्। भद्रबन्दी गृहमा रहेका टोपबहादुर रायमाझी पनि फरार भएकामा स्रोतले जनाएको छ। उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा थुनिएका थिए।

फरारमध्ये केही कैदीबन्दी भने कारागार फर्किन थालेका छन्। अहिलेसम्म करिब ५० जना कैदीबन्दी कारागार फर्किसकेका छन् भने बाँकी केही फर्कने क्रममा रहेको बताइएको छ।

सुरक्षा स्रोतका अनुसार, नख्खु कारागारबाट निस्केका कैदीबन्दीहरूले राति १० बजे सुन्धारा क्षेत्रमा तोडफोड गरेका थिए। त्यसपछि सुरक्षाका लागि खटिएको नेपाल प्रहरी त्यहाँबाट हटेको थियो र अन्ततः नेपाली सेनाको टोली कारागारमा पुगेको थियो। तर, त्यसअघि नै करिब ३,३ सय कैदीबन्दी फरार भइसकेका थिए।




प्रतिकृया