• ४ साउन २०८३, सोमबार
  • १:४० बिहान

मोरङ कारागारमा कैदीबन्दी भाग्ने प्रयास, प्रहरीले हवाई फायर

प्रकाशित मिति

२०८२ भाद्र २५ गते, बुधबार ०३:१७

मोरङ । जिल्ला कारागार मोरङमा रहेका कैदीबन्दी भाग्ने प्रयास गर्दा प्रहरीले हवाई फायर गरेको छ। प्रहरीका अनुसार, कैदीबन्दी छुटाउनुपर्ने मागसहित एउटा समूह कारागार पुगेपछि कैदीबन्दीहरूले पनि भाग्ने प्रयास गरेका थिए। भीडलाई नियन्त्रणमा लिन प्रहरीले १५ राउन्ड हवाई फायर गरेको छ।

हवाई फायरपछि कैदीबन्दी छुटाउन पुगेको भीड तितरबितर भएको छ। घटनास्थलमा नेपाली सेनाको टोली पनि खटाइएको छ। सेनाको टोली पुगेपछि स्थिति सामान्य भएको प्रहरीले जनाएको छ। हाल मोरङ कारागारमा करिब १,१०० कैदीबन्दी रहेका छन्।

Kamana Sewa

प्रतिकृया