• २० असोज २०८३, मंगलबार
  • ७ः५२ बेलुका

राष्ट्रपतिलाई सेनाले शिवपुरी लग्यो

प्रकाशित मिति

२०८२ भाद्र २४ गते, मंगलवार ०५:१६

काठमाडौँ – जेन-जीका नाममा भएको आन्दोलनका सहभागीहरूले राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा पनि आगो लगाएका छन् । संसद् भवन, प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, दल र नेताका कार्याल तथा घरमा आगो लगाइसकेपछि महाराजगञ्ज पुगेको समूहले राष्ट्रपतिको भवन पनि जलाएको हो ।

National Life

नेपाली सेनाले राष्ट्रपतिलाई अहिले हेलिकप्टरमा हालेर शिवपुरी लगेको छ । शिवपुरीमा नेपाली सेनाको तालिम केन्द्र रहेको छ । यसअघि सेनाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बालुवाटारबाट उद्धार गरेर लगिसकेको छ।

प्रतिकृया