• २० असोज २०८३, मंगलबार
  • ७ः५९ बेलुका

उग्र प्रदर्शनमा नक्साल भाटभटेनी सुपर स्टोरमा लुटपाट र आगजनी

प्रकाशित मिति

२०८२ भाद्र २४ गते, मंगलवार ०६:२४

भदौ २४,२०८२ काठमाडौँ – उग्र प्रदर्शनकारीहरूले नक्सालस्थित भाटभटेनी सुपर स्टोरमा लुटपाट र आगजनी गरेका छन्। भाटभटेनी चेनको यो पहिलो स्टोर हो। आगो लगाउनुअघि प्रदर्शनकारीहरूले स्टोरबाट सामानहरू लुटेको भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले अनलाइनखबरलाई जानकारी दिएका छन्।

National Life

पौडेलका अनुसार, “प्रदर्शनकारीले स्टोरबाट सामान लुटेपछि आगो लगाइदिएका छन्। क्षतिबारे यकिन छैन, स्टोरमा पूरै आगो लागेको छ।”भाटभटेनी नक्साल स्टोर २०४३ सालमा व्यवसायी मीनबहादुर गुरुङले स्थापना गरेका थिए। यसअघि पनि राजावादी आन्दोलनका क्रममा कोटेश्वर स्थित भाटभटेनीमा लुटपाट भएको इतिहास रहेको छ।

प्रतिकृया