• २० असोज २०८३, मंगलबार
  • ७ः५९ बेलुका

प्रधानमन्त्री ओलीसहित शीर्ष नेताहरू सेनाको सुरक्षामा

प्रकाशित मिति

२०८२ भाद्र २४ गते, मंगलवार ०५:००

काठमाडौं, भदौ २४ — प्रधानमन्त्री केपी शर्मा ओली सेनाको कडा सुरक्षामा सरकारी निवास बालुवाटारबाट निस्किएको सुरक्षा स्रोतले पुष्टि गरेको छ। स्रोतका अनुसार प्रधानमन्त्रीसहित अधिकांश मन्त्रीहरू र केही शीर्ष नेताहरूलाई नेपाली सेनाले अज्ञात स्थानमा राखेको छ।

National Life

उपप्रधानमन्त्री विष्णु पौडेलसहित धेरै मन्त्रीहरूलाई भैंसेपाटीस्थित निवासबाट सेनाले हेलिकप्टरमार्फत उद्धार गरी सुरक्षित स्थानमा लगिएको हो।

यसैबीच, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी भने आफ्नै निवासमै रहेकाले आगजनीका कारण बाहिर निस्कन नसकेपछि आन्दोलनकारीको आक्रमणमा परेको सेनाले जनाएको छ। सैनिक प्रवक्ताले परिस्थितिको निरन्तर विश्लेषण भइरहेको भन्दै सुरक्षाका थप कदम चालिने जानकारी दिएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया