• २० असोज २०८३, मंगलबार
  • ७ः५९ बेलुका

प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आह्वान

प्रकाशित मिति

२०८२ भाद्र २४ गते, मंगलवार १२:१०

भदौ २४,२०८२ काठमाडौं –  जेनजी आन्दोलन चर्किएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ ६ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका छन्।

National Life

प्रधानमन्त्री ओलीले जारी अपिलमा भनेका छन्, “कुनै पनि रूपको हिंसा राष्ट्रको हितमा छैन। शान्तिपूर्ण र संवादमार्फत समाधान खोज्ने परिपाटी अपनाउनु नै हाम्रो विधि हो। उत्पन्न परिस्थितिको मूल्याङ्कन गर्न र सार्थक निष्कर्षका लागि सम्बद्ध पक्षसँग संवादमा रहेको छु। त्यसैको लागि आज साँझ ६ बजे सर्वदलीय बैठक आह्वान गरेको छु।”

ओलीले हिजो राजधानी र देशका विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिको घटनाप्रति दुःख व्यक्त गर्दै सबै दाजुभाइ–दिदीबहिनीलाई संयमित रहन अनुरोध पनि गरेका छन्। तर आन्दोलनकारीहरू देशभर व्यापक आन्दोलन जारी राखिरहेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया