• २० असोज २०८३, मंगलबार
  • ७ः५९ बेलुका

पूर्व प्रधानन्यायाधीश कार्की र मानवअधिकारकर्मीहरू जेनजी आन्दोलनको अवस्थाबारे सडकमा

प्रकाशित मिति

२०८२ भाद्र २४ गते, मंगलवार ११:०३

भदौ २४,२०८२ काठमाडौं – सोमबारको जेनजी आन्दोलनमा भएको प्रहरी दमनमा कम्तीमा १९ जनाको मृत्यु भएपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्की लगायतका मानवअधिकारकर्मीहरू सडकमा उत्रिएका छन्।

National Life

उनीहरू घाइतेको अवस्था बुझ्न र आन्दोलनको स्थितिबारे जानकारी लिन विभिन्न अस्पताल पुगेका छन्। कलाकार मनोज गजुरेल लगायतका कलाकारहरू पनि उनीहरूसँगै सडकमा रहेका छन् र हरेक अस्पतालको भ्रमण गर्ने योजना बनाएका छन्।

अहिले उनीहरू निजामती कर्मचारी अस्पताल, मीनभवन अगाडि भेला भएका छन्। मानवअधिकारकर्मीहरू र कलाकारहरूले घटनाको गम्भीरता र घाइतेको अवस्था सम्बन्धमा जनता र प्रशासनलाई सचेत गराउने प्रयास गरिरहेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया