• २० असोज २०८३, मंगलबार
  • ८ः०० राती

स्कुल ड्रेसमा आएका विद्यार्थीहरू दोस्रो दिन पनि प्रदर्शनमा

प्रकाशित मिति

२०८२ भाद्र २४ गते, मंगलवार ११:०९

भदौ २४,२०८२ काठमाडौं –  जेनजी आन्दोलनको दोस्रो दिन पनि कतिपय विद्यार्थीहरू विद्यालयको ड्रेसमा प्रदर्शनमा उत्रेका छन्। भक्तपुरबाट सिभिल अस्पताल पुगेकी दिक्षिता श्रेष्ठले स्कुल ड्रेसमा प्रदर्शन गर्दा प्रहरीले गोली नहान्ने आशामा आएको बताइन्।

National Life

सिभिल अस्पताल अगाडि जारी प्रदर्शनमा विद्यार्थीहरू उपस्थित छन्। दिक्षिता श्रेष्ठले हिजो प्रहरीले स्कुल ड्रेसमा गोली हाने पनि आज त्यस्तो गल्ती नहुने आशा लिएर प्रदर्शनमा आएको बताइन्। उनले हिजो सरकारले गरेको दमनको विरोधमा सहभागी भएको पनि उल्लेख गरिन्।

प्रतिकृया