• २० असोज २०८३, मंगलबार
  • ८ः०० राती

सर्लाहीमा एमाले र कांग्रेस पार्टी कार्यालयमा प्रदर्शनकारीद्वारा आगजनी

प्रकाशित मिति

२०८२ भाद्र २४ गते, मंगलवार १०:५२

भदौ २४,२०८२ काठमाडौं –सर्लाहीको मलंगवास्थित नेकपा एमाले र नेपाली कांग्रेसका पार्टी कार्यालयमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।

National Life

सोमबार जेनजी आन्दोलनमा प्रहरी दमनमा कम्तीमा १९ जनाको मृत्यु भएको र ४०० भन्दा बढी घाइते भएका घटनाको विरोध स्वरूप देशभरिका प्रदर्शनकारीहरूले मंगलबार प्रायः सबै प्रमुख सहरमा विरोध प्रदर्शन गरेका छन्। सर्लाहीमा पनि यही आन्दोलनको क्रममा पार्टी कार्यालयमा आगजनी गरिएको बताइएको छ। प्रदर्शनकारीहरूले सोमबारको दमनको विरोध गर्दै आफूहरुको आक्रोश व्यक्त गरेका हुन्। सुरक्षा बलहरूले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेका छन्।

प्रतिकृया