आजदेखि नेपाल-चीन संयुक्त सैन्य अभ्यास सुरु हुँदै
प्रकाशित मिति
२०८२ भाद्र २२ गते, आईतवार ०९:०९
भदौ २२,२०८२ काठमाडौं –नेपाल र चीनबीच संयुक्त सैन्य अभ्यास आजदेखि काठमाडौंमा सुरु भएको छ । नेपाली र चिनियाँ सेनाबीच हुने संयुक्त सैन्य अभ्यासको यो पाँचौं संस्करण हो, जसलाई ‘सगरमाथा मित्रता अभ्यास’ नाम दिइएको छ ।
१० दिनसम्म चल्ने यस अभ्यासमा विपद् व्यवस्थापन, मानवीय सहायता लगायतका विषयमा दुवै देशका सेनाबीच अनुभव र ज्ञान आदानप्रदान हुने नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए ।

नेपालमै चीनसँग संयुक्त सैन्य अभ्यास आयोजना गरिएको यो तेस्रो पटक हो । यसअघि पहिलोपटक २०७४ साल वैशाखमा अभ्यास नेपालमै भएको थियो । दोस्रो पटक २०७५ सालमा चीनको छेन्दुमा र तेस्रो पटक २०७६ सालमा पुनः नेपालमै अभ्यास गरिएको थियो । तर कोभिड–१९ महामारीका कारण पछिल्ला वर्षमा अभ्यास रोकिएको थियो ।

नेपाली सेनाले चीनसँग मात्र होइन, भारत, अमेरिका लगायतका मुलुकहरूसँग पनि नियमित रुपमा संयुक्त सैन्य अभ्यास गर्दै आएको छ ।




प्रतिकृया