• २१ जेठ २०८३, बिहीबार
  • ६:३३ बिहान

देशभर वर्षा, गण्डकी–कर्णाली र सुदूरपश्चिमका नदीमा बाढीको मध्यम जोखिम

प्रकाशित मिति

२०८२ भाद्र १५ गते, आईतवार ०९:११

भदौ १५,२०८२ काठमाडौं – देशका विभिन्न स्थानमा निरन्तर वर्षा भइरहेकाले सावधानी अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको छ। विभागका अनुसार पछिल्लो एक घण्टामा लम्जुङको राइनासटार वर्षा मापन केन्द्रमा ११५.६ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ, जसलाई भारी वर्षा मानिन्छ। यस्तै, गोरखाको आरुघाटमा १७.१ मिलिमिटर, स्याङजामा १४.२ मिलिमिटर, सिन्धुपाल्चोकमा १५.२ मिलिमिटर, डोटीमा १६.२ मिलिमिटर र बझाङको थलारामा ११.८ मिलिमिटर वर्षा मापन गरिएको छ। राजधानी काठमाडौं उपत्यकामा पनि हल्का वर्षा भइरहेको विभागले जनाएको छ।

विभागले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश हुँदै बहने स–साना नदीमा आकस्मिक रुपमा पानीको बहाव बढ्ने सम्भावना रहेको चेतावनी दिएको छ। आकस्मिक बाढी आउन सक्ने भएकाले ती क्षेत्रमा मध्यम जोखिम रहने अनुमान गरिएको छ।

Kamana Sewa

विभागले नदी किनार, नालाबालामा बसोबास गर्ने स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ।

Classic Tech Desktop

प्रतिकृया