• ३ साउन २०८३, आइतबार
  • ३:४२ बेलुका

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता र कर्मचारीलाई ग्राण्डि हस्पिटलमा विशेष छुट

प्रकाशित मिति

२०८२ भाद्र १४ गते, शनिबार ०९:३७

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्राण्डि हस्पिटलबीच एक समझदारी पत्रमा हस्ताक्षर भएपछि अबदेखि बीमित, अभिकर्ता तथा कर्मचारीहरूले उपचार सेवामा विशेष छुट सुविधा पाउने भएका छन्।

सम्झौताअनुसार, आईएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले ग्राण्डि हस्पिटलमा उपचार गर्दा १०% छुट प्राप्त गर्नेछन्। साथै, वेलनेस प्याकेजमा पनि विशेष सहुलियत प्रदान गरिने कम्पनीले जनाएको छ।

Kamana Sewa

कम्पनीका बीमितहरूले छुट सुविधा लिनका लागि आईएमई लाइफको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाउनुपर्नेछ। अभिकर्ता तथा कर्मचारीहरूले भने कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेश गरेर छुटको लाभ लिन सक्ने व्यवस्था गरिएको छ।

Classic Tech Desktop

सम्पर्क व्यक्ति र थप जानकारी कम्पनीको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको छ। कम्पनीका अनुसार, बीमित तथा कर्मचारीलाई स्वास्थ्य सेवामा सहज पहुँच दिलाउन र उपचार खर्चमा राहत पुर्‍याउन यो सम्झौता महत्वपूर्ण हुने विश्वास लिइएको छ। यस सम्झौताबाट आईएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न थप सहजता हुने अपेक्षा गरिएको छ।

प्रतिकृया