• २० असोज २०८३, मंगलबार
  • १०ः२२ राती

छुट्ला है ! बन्दीपुर केवलकारको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

प्रकाशित मिति

२०८२ भाद्र १५ गते, आईतवार ०८:०७

भदौ १५,२०८२ काठमाडौं – बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले निष्कासन गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज (शनिबार) अन्तिम दिन रहेको छ।

National Life

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका ५८ लाख ६० हजार कित्ता आईपीओ नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि निष्कासन गरेको हो। बोर्डले गत असार २९ गते आईपीओ निष्कासनका लागि अनुमति दिएको थियो।

पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रोजगारीका लागि गएका नेपालीलाई क्रमशः ५ लाख ६६ हजार कित्ता र ५ लाख २९ हजार ४०० कित्ता शेयर वितरण गरी बाँडफाँड सम्पन्न भइसकेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

अब दोस्रो चरणमा कम्पनीले सामूहिक लगानी कोषका लागि २ लाख ६४ हजार ७०० कित्ता, कर्मचारीका लागि १ लाख ५८ हजार ८२० कित्ता सुरक्षित गरी बाँकी ४३ लाख ४१ हजार ८० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरेको हो।

सर्वसाधारणले कम्तीमा १० कित्ता र बढीमा २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। यसअनुसार कम्तीमा १ हजार रुपैयाँदेखि बढीमा २० लाख रुपैयाँसम्मको लगानी गर्न सकिन्छ। आईपीओ भदौ १५ गतेसम्म खुला रहनेछ तर सो अवधिसम्म मागअनुसार आवेदन नपरेको खण्डमा भदौ २५ गतेसम्म अवधि थपिने व्यवस्था छ।

यस आईपीओलाई केयर रेटिङ्स नेपालले ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ दिएको छ, जसले कम्पनीले वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको देखाउँछ। आईपीओको निष्कासन र बाँडफाँडको सम्पूर्ण कार्य नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले गर्नेछ।

पर्यटन क्षेत्रसँग सम्बन्धित बन्दीपुर केवलकार कम्पनीले केबलकार तथा होटल सञ्चालनमार्फत व्यवसाय विस्तार गरिरहेको छ।

प्रतिकृया