• २० असोज २०८३, मंगलबार
  • १०ः२१ राती

भारत–चीन व्यापारिक सम्झौता राष्ट्रिय अस्मितामाथि प्रहार : अध्यक्ष नेपाल

प्रकाशित मिति

२०८२ भाद्र १३ गते, शुक्रबार ११:१६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भारत र चीनबीच भएको व्यापारिक सम्झौताले नेपालको राष्ट्रिय अस्मितामाथि प्रहार गरेको आरोप लगाएका छन्। पार्टीको काठमाडौं निर्वाचन क्षेत्र नं ७ द्वारा शुक्रबार आयोजित अन्तक्र्रियामा उनले लिपुलेक हुँदै व्यापारिक मार्ग सञ्चालन गर्ने निर्णय कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पारे। “दुई छिमेकी देशबीचको यस्तो सम्झौताले नेपालको राष्ट्रियता र सार्वभौमसत्तामाथि आँच पुर्‍याएको छ,” उनले भने।

National Life

अध्यक्ष नेपालले यस्तो गतिविधि रोक्न सरकारले कूटनीतिक पहललाई तीव्र बनाउनुपर्नेमा जोड दिए। उनले विगतमा सरकारद्वारा पठाइएका कूटनीतिक नोटका कारण यस्ता सम्झौता रोकिएको दाबी गर्दै महाकाली सम्झौताअनुसार कालि नदीलाई सीमा मानिएकाले त्यसको विपरीत हुने गतिविधि तत्काल रोकिनुपर्ने विचार व्यक्त गरे।

पूर्वप्रधानमन्त्री नेपालले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसिसी) सम्झौताबारे पनि टिप्पणी गर्दै राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर मात्र कार्यान्वयन हुन सक्ने उल्लेख गरे।

Classic Tech Mobile
Classic Tech Desktop

समाजवादी मोर्चा सुदृढ बनाउन र विभाजित कम्युनिष्ट शक्तिलाई गोलबद्ध गर्ने प्रयास भइरहेको उल्लेख गर्दै उनले यसको आधार बहुदलीय प्रतिस्पर्धात्मक समाजवाद हुने प्रष्ट पारे। साथै, कम्युनिष्ट आन्दोलनमा उतारचढाव आए पनि वामपन्थी शक्तिले फेरि एकताबद्ध भएर जनताको पक्षमा काम गर्नुपर्ने आवश्यकता औंल्याए।

प्रतिकृया