• २० असोज २०८३, मंगलबार
  • १०ः२२ राती

सुदूरपश्चिममा लगानीका लागि परराष्ट्रमन्त्री राणाको आग्रह

प्रकाशित मिति

२०८२ भाद्र १३ गते, शुक्रबार ११:१०

भदौ १३,२०८२ काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेशमा उपलब्ध अथाह सम्भावनाका क्षेत्रमा वैदेशिक लगानीकर्तालाई लगानी गर्न आग्रह गरेकी छिन्।

National Life

सुदूरपश्चिम प्रदेश सरकारले आगामी नोभेम्बर १७–१८ मा धनगढीमा आयोजना गर्न लागेको ‘सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन’को तयारीस्वरूप शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित बैठकमा उनले यस्तो आग्रह गरेकी हुन्।

मन्त्री राणाले सुदूरपश्चिमलाई नेपालकै समृद्धिको प्रवेशद्वारको रूपमा चित्रण गर्दै यहाँ जलविद्युत् तथा नवीकरणीय ऊर्जा, कृषि, पर्यटन, सिमापार व्यापार, शहरी पूर्वाधार, सूचना प्रविधि, डिजिटल पूर्वाधार, खानी तथा प्राकृतिक स्रोतमा आधारित उद्योगहरूमा विशाल सम्भावना रहेको बताइन्।

Classic Tech Mobile
Classic Tech Desktop

“सुदूरपश्चिम प्रकृतिको सुन्दरताले भरिपूर्ण मात्र नभई स्रोत र सम्पदाले सम्पन्न प्रदेश हो। यहाँ लगानी गरेर मुनाफा कमाउनुका साथै दीगो विकासमा योगदान पुर्‍याउन सकिन्छ,” उनले नेपालस्थित विभिन्न देशका राजदूत एवं प्रतिनिधिहरू समक्ष भनिन्।

उनले जलस्रोत, उर्वर भूमि, घना जङ्गल, जैविक विविधता तथा सांस्कृतिक सम्पदाको धनी भए पनि सुदूरपश्चिम अझै विकासका दृष्टिले ‘बत्तिमुनिको अँध्यारो’ जस्तै अवस्थामा रहेको उल्लेख गर्दै लगानी सम्मेलनमार्फत यी सम्भावनाहरूलाई अन्तर्राष्ट्रिय रूपमा उजागर गर्ने प्रयास भएको बताइन्।

मन्त्री राणाले प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा पुल र सडक निर्माणसँगै सुदूरपश्चिमले मुलुकका अन्य भागहरूसँग सहज पहुँच प्राप्त गरेको स्मरण गर्दै अहिले दिगो र स्थायी प्रकृतिको सरकार रहँदा थप अवसरहरू खुलिरहेका बताए।

उनले नेपालमा लगानीमैत्री वातावरण बनाउन कानुन संशोधनसमेत गरिएको जानकारी दिँदै संघीयतापछि प्रदेश सरकारले संघीय सरकारको मुख ताक्ने नभई आफ्नै सम्भावना र स्रोतको पहिचान गरी विकासका मोडल अघि बढाउनुपर्नेमा जोड दिइन्

प्रतिकृया