• १४ असोज २०८३, बुधबार
  • ९ः५२ बिहान

बीमा नविकरणमा राहत : असोज मसान्तसम्म जरिवाना नलाग्ने

प्रकाशित मिति

२०८२ भाद्र ११ गते, बुधबार ०२:५३

भदौ ११,२०८२ काठमाडौं – स्वास्थ्य बीमा बोर्डले आफ्ना बीमितहरुलाई बीमा पोलिसी नविकरणमा थप सहजता दिन नयाँ निर्णय गरेको छ। बोर्डका अनुसार अब बीमा सेवा लिएका बीमितहरुले आगामी असोज मसान्तसम्म आफ्नो बीमा पोलिसी नविकरण गर्दा कुनै पनि जरिवाना तिर्नु नपर्नेछ।

National Life

बोर्डको यस निर्णयले हजारौं बीमितहरुलाई आर्थिक भारबाट राहत मिल्ने भएको छ। समयमै नविकरण गर्न नसक्दा जरिवाना तिर्नु पर्ने अवस्था हुने बीमितहरुका लागि यो निर्णय सहज र स्वागतयोग्य भएको छ।

यसैबीच, निर्णय सार्वजनिक भएसँगै देशभरका बीमितहरुले बीमा नविकरणमा सक्रियता देखाएका छन्। बोर्डले नविकरण प्रक्रिया अनलाइन माध्यमबाट सजिलै गर्न सकिने व्यवस्था मिलाएको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

स्वास्थ्य बीमा बोर्डको यो निर्णयले बीमा पहुँच विस्तार र नविकरण दरमा वृद्धि गर्ने विश्वास गरिएको छ।

प्रतिकृया