• २० असोज २०८३, मंगलबार
  • ११ः१३ राती

भियतनामका उपराष्ट्रपति सुआन र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

प्रकाशित मिति

२०८२ भाद्र ८ गते, आईतवार ०४:५५

काठमाडौँ, ८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनबीच भेटवार्ता भएको छ । भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध अझ प्रगाढ बनाउँदै लाने विषयमा छलफल भएको छ ।

National Life

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुई देशबीच रहँदै आएको समस्यारहित सम्बन्धलाई अझ प्रगाढ बनाउन दुवै नेताहरुले अनुभव आदान प्रदानका साथै सम्बन्ध विस्तारका विविध पक्षमा छलफल भएको हो । भेटमा सहभागी प्रधानमन्त्री ओलीको मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले दुई देशबीच सरकार–सरकार, व्यावसाय–व्यवसाय र जनता–जनताका साथै कूटनीतिक र सांस्कृतिक क्षेत्रको सम्बन्धलाई अझ बलियो बनाउने विषयमा कुराकानी भएको जानकारी दिए ।
नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा भियतनामका उपराष्ट्रपति सुआन शनिबार नेपाल आएकि हुन् । ।

प्रतिकृया