• २० असोज २०८३, मंगलबार
  • ११ः१३ राती

खाद्य वस्तु महँगिँदै, मसला र मासु मूल्य घट्यो

प्रकाशित मिति

२०८२ भाद्र ८ गते, आईतवार ०४:३२

भदौ ८,२०८२ काठमाडौं – आर्थिक वर्ष २०८१/८२ मा देशको वार्षिक मुद्रास्फीति दर ४.०६ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार अघिल्लो वर्षको ५.४४ प्रतिशत मुद्रास्फीता दरको तुलनामा यो वर्ष केही घटेको भए पनि उपभोक्ता वस्तुहरूमा मूल्यवृद्धि अझै पनि चिन्ताजनक अवस्थामा रहेको देखिन्छ।

National Life

मुलुकमा औसत मुद्रास्फीति ४.०६ प्रतिशत कायम भए पनि असार महिनामा भने उपभोक्ता मूल्य सूचकांकमा २.२० प्रतिशत मात्र वृद्ध‍ि भएको छ। गत वर्षको असारमा यो दर ३.५७ प्रतिशत रहेको थियो।

खाद्य वस्तु महँगा, मसला र मासुको मूल्य घट्यो

तथ्यांकअनुसार तरकारी, घ्यु तथा तेल, गेडागुडी र खाद्यान्नमा मूल्यमा उल्लेख्य वृद्धि भएको छ। तर, मसला र माछा मासुका मूल्यमा गिरावट देखिएको छ। मसलामा २.६२ प्रतिशत र मासुमा ०.३४ प्रतिशत मूल्य घटेको राष्ट्र बैंकले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

गैरखाद्य वस्तुहरूमा पनि महँगी

खाद्य वस्तु मात्र होइन, गैरखाद्य वस्तुहरूमा पनि महँगी कायम छ। कपडा, जुत्ता-चप्पल, मदिरा, फर्निचर तथा सुर्तीजन्य पदार्थमा मूल्य वृद्धि देखिएको छ।

क्षेत्रीय असमानता: पहाड-उपत्यकामा कम, तराई-हिमालमा बढी महँगी

भौगोलिक रूपमा मूल्यवृद्धि दर पनि फरक देखिएको छ। पहाड र काठमाडौं उपत्यकामा महँगी तुलनात्मक रूपमा कम रहँदा तराई तथा हिमाली भेगमा यो दर ४ प्रतिशतभन्दा माथि पुगेको छ।

प्रदेशगत स्थिति

प्रदेशगत रूपमा हेर्दा कोशी र सुदूरपश्चिम प्रदेशमा ५ प्रतिशतभन्दा बढी मुद्रास्फीति देखिएको छ। गण्डकी र कर्णाली प्रदेशमा भने सबैभन्दा कम महँगी दर रहेको राष्ट्र बैंकको रिपोर्टमा उल्लेख छ।

प्रतिकृया