• ४ साउन २०८३, सोमबार
  • १:३६ बिहान

भारतले नेपाली सेनालाई ६ स्ट्राइकिङ भेइकल उपहार

प्रकाशित मिति

२०८२ भाद्र २ गते, सोमबार ०२:२७

भदौ २,२०८२ काठमाडौं— दुईदिने नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विक्रम मिश्रीले नेपाली सेनालाई ६ वटा लाइट स्ट्राइकिङ भेइकल उपहार दिएका छन्।

मिश्रीले सोमबार बिहान जंगीअड्डा पुगेर सैन्य सामग्री हस्तान्तरण गरेका हुन्। साथै, उनले २ वटा सैनिक कुकुर, ६ वटा सैनिक घोडा र केही स्वास्थ्य सामग्री पनि नेपाली सेनालाई हस्तान्तरण गरेका छन्।

Kamana Sewa

सामग्री हस्तान्तरणअघि मिश्रीले प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका थिए। भेटमा द्विपक्षीय हित र सैन्य सम्बन्ध मजबुत बनाउन सहयोग गर्ने विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया