• २१ भदौ २०८३, आइतबार
  • ७ः१४ बेलुका

काठमाडौंमा बैंकिङ कसुरको वृद्धि, एक वर्षमा ६ हजार ५५३ मुद्दा दर्ता

प्रकाशित मिति

२०८२ भाद्र २ गते, सोमबार ०२:१८

भदौ २,२०८२ काठमाडौं— काठमाडौं जिल्लामा पछिल्लो एक वर्षमा बैंकिङ कसुरसम्बन्धी ६ हजार ५५३ वटा मुद्दा दर्ता भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले आर्थिक वर्ष २०८१/८२ मा धेरै दर्ता भएका १० वटा मुख्य मुद्दाहरूको सूची सार्वजनिक गरेको हो।

National Life

गत आवको चौथो त्रैमासिक अवधिसम्म कुल १२ हजार ९३५ मुद्दा दर्ता हुँदा बैंकिङ कसुरका छ हजार मुद्दा दर्ता भएका थिए। यस अवधिमा प्रतिदिन औसत ३५ वटा मुद्दा दर्ता हुने गरेका छन्।

बैंकिङ कसुरबाहेक अन्य प्रमुख मुद्दाहरूमा अभद्र व्यवहार (१,९५३), चोरी (९५१), ठगी (७४५), लागुऔषध (४३१), आत्महत्या (३३२), जबरजस्ती करणी (२४४), ज्यान मार्ने उद्योग (१४०), सवारी ब्याज (१००) र सवारी अंगभंग (७४) रहेका छन्।

Classic Tech Desktop

परिसरका अनुसार, बैंकिङ कसुर निरन्तर बढ्दै गएको छ। आर्थिक वर्ष २०७७/७८ मा १,७४१, २०७८/७९ मा ३,७१५, २०७९/८० मा ७,१०१, २०८०/८१ मा घटेर ५,७०१, र हालको २०८१/८२ मा ६,५५३ पुगेको छ।

पछिल्लो अवधिमा सहकारी ठगी, अनुचित लेनदेन, विद्युतीय कसुर/साइबर अपराध, नेपाल राष्ट्र बैंक ऐन (हुण्डी) र अभौतिक मुद्रा सम्बन्धी अपराध पनि बढ्दै गएको देखिएको छ। २०८१/८२ मा यी शीर्षकमा क्रमशः ३२, ३०, २३, १८ र १२ वटा मुद्दा दर्ता भएका छन्।

प्रतिकृया