• १ असोज २०८३, बिहीबार
  • १ः२३ राती

पुँजी बजारमा झिनो सुधार,कारोबार कति ?

प्रकाशित मिति

२०८२ श्रावण २९ गते, बिहीबार ०३:२७

श्रावण २९,२०८२ काठमाडौं —नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार ४.१२ अंकले बढेर २७८९.८७ बिन्दुमा पुगेको छ। आज ३२० कम्पनीका १ करोड ९२ लाख ५८ हजार कित्ता सेयर खरिद–बिक्री हुँदै ७ अर्ब ४६ करोड ४१ लाख ७७ हजार रुपैयाँको कारोबार भएको हो।

National Life

उपसूचकतर्फ आठ समूहमा हरियाली देखिएको छ भने पाँच समूह राताम्य भएका छन्। वाणिज्य बैंक समूह ०.६१ प्रतिशत र फाइनान्स समूह ०.५५ प्रतिशतले घटेका छन्।

आज १०८ कम्पनीको शेयर मूल्य बढ्दा १४१ कम्पनीको घटेको छ। कारोबार रकममा पुनर्बीमा कम्पनी अग्रस्थानमा रही ४७ करोड १७ लाख १३ हजार रुपैयाँको कारोबार गरेको छ। यस्तै, नेपाल रिपब्लिक मिडियाको सेयरमा सर्किट लागेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया