सहकारी ठगी प्रकरणमा राजनीतिक प्रतिशोधको गलत भाष्य फैलाएको प्रधानमन्त्री ओलीको आरोप
प्रकाशित मिति
२०८२ श्रावण २८ गते, बुधबार ०२:५९
श्रावण २८,२०८२ काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओली ले सहकारी ठगी प्रकरणलाई राजनीतिक प्रतिशोधसँग जोडेर जबरजस्ती गलत भाष्य बनाउने प्रयास भइरहेको भन्दै असन्तुष्टि जनाएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले पूर्वमन्त्री, पूर्वसांसद, बहालवाला मेयरलगायतका थुप्रै व्यक्ति सहकारीमा भएको बचत हिनामिनासम्बन्धी मुद्दामा थुनामा रहेको जानकारी दिए। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने को पक्षमा आएको राजनीतिक प्रतिशोधको आरोपप्रति प्रश्न उठाउँदै भने, “एउटा व्यक्तिमाथि प्रतिशोध भएको हो भने थुनामा रहेका अरू व्यक्तिमाथि के भएको हो? अदालतले सबैलाई प्रतिशोध नै साँधेको हो?”
उनका अनुसार सहकारीमा अर्बौँ रुपैयाँको अपचलनमा संलग्न भई थुनामा रहेका सयौँ व्यक्तिमाथि न्यायालयमा मुद्दा चलिरहेको छ र अदालतले प्रमाणका आधारमा थुनामा पठाएको हो। ओलीले भीडको दबाबमा न्यायको हत्या गरेर अभियोगबाट उम्कन खोज्नेहरूलाई चेतावनी पनि दिए।








प्रतिकृया