प्रधानमन्त्री ओलीको आरोप – संसदलाई ‘सोसल मिडिया कन्टेन्ट उत्पादन गर्ने थलो’ बनाउन खोजिँदै
प्रकाशित मिति
२०८२ श्रावण २८ गते, बुधबार ०२:४८
श्रावण २८,२०८२ काठमाडौं —प्रधानमन्त्री केपी शर्मा ओली ले प्रतिनिधिसभामा झुठा कथा सिर्जना गरेर ‘कन्फ्युजन’ पैदा गर्ने र संसदलाई सोसल मिडियाका लागि कन्टेन्ट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भइरहेको आरोप लगाएका छन्।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले केही सांसदहरूले राष्ट्रिय प्राथमिकता र आवश्यकतामा आधारित नभएका कपटी बहसमा संसदलाई अल्झाएको दाबी गरे। उनका अनुसार यस्ता बहसहरूले देशको समृद्धिका लागि योगदान पुर्याउँदैनन्, बरु युवाहरूलाई गाली, निन्दा, आरोप र भत्र्सनाका कन्टेन्टमा भुलाएर समाजलाई उत्तेजनामा ल्याउने नियत राख्छन्।
“देश र जनताको हितमा केन्द्रित रहनुपर्ने यस सम्मानित सदनलाई सोसल मिडियाका लागि कन्टेन्ट उत्पादन गर्ने थलो बनाउन खोजिन्छ,” ओलीले भने, “पोजिसनका हिसाबले प्रतिपक्षमा भए पनि जनताको मत पाएपछि देशप्रति केही दायित्व त हुन्छ।”








प्रतिकृया