• २१ असोज २०८३, बुधबार
  • १ः११ राती

प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तान भ्रमणबारे संसदलाई जानकारी दिए

प्रकाशित मिति

२०८२ श्रावण २८ गते, बुधबार ०२:१९

श्रावण २८,२०८२ काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओली ले आफ्नो तुर्कमेनिस्तान भ्रमण सम्बन्धमा संघीय संसदलाई जानकारी गराएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा भएका भेटघाट र कार्यक्रमबारे विवरण प्रस्तुत गरेका हुन्।

National Life

प्रधानमन्त्री ओली साउन १८ गते मध्यराति तुर्कमेनिस्तान प्रस्थान गरेका थिए र भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिएर साउन २३ गते फर्किएका थिए। सम्मेलन यही साउन २० देखि २३ गतेसम्म अवाजा सहरमा आयोजना भएको थियो।

नेपाल अध्यक्ष रहेको एलएलडिसी समूहको सम्मेलनमा प्रधानमन्त्री ओलीले कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा सम्बोधन गरेका थिए। सम्मेलनको अवसरमा उनले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुख तथा संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता पनि गरेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय टोलीमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, एमाले सांसद सूर्य थापा, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्रा. डा. दिव्यासिंह शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, उच्चपदस्थ सरकारी अधिकारी, अफिसियल मिडियाकर्मी र सुरक्षाकर्मीसमेत सहभागी थिए।

प्रतिकृया