• १६ असोज २०८३, शुक्रबार
  • १ः११ दिउँसो

पशुपतिमा शवबाट मासु र हड्डी निकाल्ने ब्राम्हण पक्राउ

प्रकाशित मिति

२०८२ श्रावण २५ गते, आईतवार ०२:१४

श्रावण २५,२०८२काठमाडौं– पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट मासु र हड्डी निकालेको आरोपमा एक ब्राम्हणलाई प्रहरीले पक्राउ गरेको छ।

National Life

काभ्रेको बनेपा नगरपालिका–९ का राम शाहीको शवबाट मासु र हड्डी निकालेको आरोप लगाउँदै आफन्तले दिएको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुलदीप चन्दले जानकारी दिए।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति आर्यघाटमा शव जलाउने काम गर्दै आएका थिए। घटनाबारे अनुसन्धान भइरहेको र मासु–हड्डी बिक्री भएको ठोस प्रमाण भने अहिलेसम्म नपाइएको प्रहरीले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया