• १६ असोज २०८३, शुक्रबार
  • १ः४९ दिउँसो

तराईमा सिँचाइको स्थायी समाधान ल्याउने सरकारको संकल्प : प्रधानमन्त्री ओली

प्रकाशित मिति

२०८२ श्रावण २५ गते, आईतवार ०१:२३

श्रावण २५,२०८२काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले तराईमा सिँचाइको स्थायी समाधान खोज्नेमा सरकार दृढ रहेको बताएका छन्। मधेस प्रदेशका आठ जिल्लामा साउन २३ गतेसम्म ७६ दशमलव ५४ प्रतिशत रोपाइँ सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै उनले आगामी वर्षदेखि आकाशे वर्षाको निर्भरता हटाएर सिँचाइको दीर्घकालीन समाधान ल्याउने सरकारको संकल्प रहेको बताएका हुन्।

National Life

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत रोपाइँमा महिलाको ठूलो सहभागिता भएको तस्बिरसहित किसानलाई अभिवादन गर्दै भने, “यस वर्षको खडेरीले अन्नको भण्डार मानिने तराईका खेतमा धाँजा परेर रोपाइँ गर्नै नसक्ने अवस्था आयो। पानीको अभावले रोपो मर्न थालेको थियो। किसानका पीर, पसिना र सपना माटोमै सुक्न लागेकाबेला सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गर्दै राहत र सहयोगको विशेष निर्णय गरेको थियो।”

उनका अनुसार तत्कालका लागि ५०० वटा डिपबोरिङ जडानको काम सुरु भइसकेको छ भने दीर्घकालीन समाधानका लागि सुनकोशी–मरिन डाइभर्सन परियोजना अघि बढाइएको छ। “पछिल्लो साता वर्षाले फेरि हरियाली फर्काउन थालेको छ। केही दिनमै सम्पूर्ण खेतबारीमा हरियो सपना लहराउनेछ भन्ने विश्वास छ,” ओलीले भने।

Classic Tech Mobile
Classic Tech Desktop

प्रधानमन्त्रीले किसानको मुस्कान, जमिनमा हरियालीको सुगन्ध र समाजको खाद्यान्न भविष्यलाई सरकारको प्रमुख लक्ष्य भएको उल्लेख गर्दै सबै किसानलाई धन्यवाद दिएका छन्।

प्रतिकृया