• १६ असोज २०८३, शुक्रबार
  • १२ः२७ दिउँसो

दरमखोला हाइड्रो इनर्जीको आईपीओ यस साता बाँडफाँट हुने

प्रकाशित मिति

२०८२ श्रावण २५ गते, आईतवार ०२:५१

श्रावण २५,२०८२काठमाडौं– दरमखोला हाइड्रो इनर्जीको प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) यसै साता बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार, साता बीचतिर आईपीओ बाँडफाँटको तयारी भइरहेको छ।

National Life

कम्पनीको आईपीओमा कुल २ लाख ४२ हजार ३१८ जनाले १०.१० कित्ताका दरले शेयर पाउनेछन्। यसमध्ये पाँच जनाले थप एक कित्ता गरी ११ कित्ता शेयर हात पार्नेछन्।

दरमखोलाले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ मूल्यमा जम्मा ३९ लाख ५० हजार कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो। पहिलो चरणमा आयोजना प्रभावितलाई १० लाख ३० हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख ९१ हजार १५० कित्ता शेयर वितरण गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

बाकी शेयरमध्ये १ लाख ४५ हजार ९७५ कित्ता सामूहिक लगानी कोषलाई, ५८ हजार ३९० कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित राखिएको छ। बाँकी २४ लाख २३ हजार १८५ कित्ता शेयर आम सर्वसाधारणका लागि निष्कासन गरिनेछ।

आईपीओको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आइआरएन डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको देखाउँछ।

प्रतिकृया