• २१ असोज २०८३, बुधबार
  • २ः०२ राती

सिटिजन्स बैंकले १ अर्ब २९ करोड नाफा कमायो, लाभांश दिने क्षमता बढ्यो

प्रकाशित मिति

२०८२ श्रावण २४ गते, शनिबार १०:५६

श्रावण २४,२०८२काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्म १ अर्ब २९ करोड ३३ लाख २१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २.०७ प्रतिशतले कम हो। अघिल्लो वर्ष बैंकले १ अर्ब ३२ करोड ७ लाख ३१ हजार रुपैयाँ नाफा कमाएको थियो।

National Life

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.२० प्रतिशतले बढेर ६ अर्ब ३६ करोड ४९ लाख ७३ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो रकम २ अर्ब ९ लाख ७५ हजार रुपैयाँ मात्र थियो। असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ७७ करोड ५४ लाख ५२ हजार रुपैयाँ पुगेको छ, जसअनुसार सेयरधनीलाई लाभांश दिने क्षमता ५ रुपैयाँ २५ पैसा पुगेको छ। अघिल्लो वर्ष यो क्षमता ४ रुपैयाँ ३२ पैसा थियो।

हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ७६ करोड ९० लाख १२ हजार रुपैयाँ र जगेडा कोष ७ अर्ब ४० करोड ९४ लाख ९४ हजार रुपैयाँ रहेको छ। बैंकले २ अर्ब ११ अर्ब ५० करोड ७ लाख ९३ हजार रुपैयाँ निक्षेप संकलन गरेको र १ खर्ब ६८ अर्ब ९५ करोड ६८ लाख १८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

बैंकको निष्कृय कर्जा अनुपात (NPL) ४.१० प्रतिशतबाट बढेर ४.९४ प्रतिशत पुगेको छ। असार मसान्तसम्म बैंकको प्रति सेयर आम्दानी (EPS) ८.७६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५५.४२ रुपैयाँ रहेको छ।

प्रतिकृया