• २१ असोज २०८३, बुधबार
  • २ः३६ राती

अब सबै संघीय अस्पतालमा डिजिटल भुक्तानीको व्यवस्था लागू हुँदै

प्रकाशित मिति

२०८२ श्रावण २१ गते, बुधबार ०५:२१

श्रावण २१ ,२०८२ काठमाडौं – अब देशभरका सबै संघीय अस्पतालहरूमा अनलाइन तथा क्युआरमार्फत डिजिटल भुक्तानी प्रणाली लागू हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको पहलमा भीड व्यवस्थापन र सेवा सरल बनाउने उद्देश्यसहित यो निर्णय कार्यान्वयनमा लैजाने तयारी भएको हो।

National Life

बुधबार स्वास्थ्य मन्त्रालयले सबै संघीय अस्पताल तथा प्रतिष्ठानहरूलाई पत्राचार गर्दै बिल भुक्तानी डिजिटल प्रणालीमार्फत लिनु पर्ने निर्देश दिएको छ। मन्त्री पौडेलले अघि सारेको नौ बुँदे सुधार योजनाअनुसार सेवा प्रवाहलाई सहज, पारदर्शी र आधुनिक बनाउने पहलस्वरूप डिजिटल पेमेन्ट प्रणाली ल्याइएको मन्त्रीको सचिवालयले जनाएको छ।

मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाले पत्राचारसँगै अस्पतालहरूको डिजिटल सेवा कार्यान्वयनको अनुगमन गर्ने तयारी गरिरहेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, “अस्पतालहरूले मन्त्रालयसँग गरेका नौबुँदे प्रतिबद्धतामा भीड व्यवस्थापनसम्बन्धी व्यवस्था पनि छ, अब कार्यान्वयनको अनुगमनमा कडाइ गरिनेछ।”

Classic Tech Mobile
Classic Tech Desktop

सरकारी अस्पतालहरूमा हुने टिकट लिन लामो लाइन, काउन्टरको भीड, र नगद कारोबारबाट हुने असुविधा हटाउने उद्देश्यले यो निर्णय महत्त्वपूर्ण मानिएको छ।

प्रतिकृया