• २१ असोज २०८३, बुधबार
  • २ः३९ राती

हलेसीबाट फर्किँदै गरेको बोलेरो दुर्घटना

प्रकाशित मिति

२०८२ श्रावण १९ गते, सोमबार ११:५१

श्रावण१९,२०८२ काठमाडौं – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ मा सोमबार बिहान तिर्थालु बोकेर सिरहा फर्किँदै गरेको बोलेरो गाडी दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन्।

National Life

दुर्घटनामा परेका १६ जनाको अवस्था सामान्य रहेको छ भने एक जना गम्भीर घाइते भएको खोटाङका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन्। घाइतेहरूको उद्धार कार्यमा प्रहरीले सक्रियता देखाइरहेको श्रेष्ठले बताइन्।

हलेसी महादेव मन्दिर दर्शन गरेर फर्किरहेका ती तिर्थालुहरू चढेको बोलेरो गाडी अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ। गाडी कुन कारणले दुर्घटना भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया