• २१ असोज २०८३, बुधबार
  • २ः३९ राती

‘कुलिङ अफ पिरियड’ : आज सकियो समितिको म्याद, कस्तो बुझाउँला प्रतिवेदन ?

प्रकाशित मिति

२०८२ श्रावण १९ गते, सोमबार ११:४५

श्रावण१९,२०८२ काठमाडौं –  संघीय निजामती सेवा विधेयकमा देखिएको विवाद र गडबडीका विषयमा गठन गरिएको विशेष छानबिन समितिले आज सोमबार प्रतिनिधिसभाको बैठकमा आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ।

National Life

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने तय भइसकेको छ भने समितिका सदस्य तथा एमाले सांसद नारायणप्रसाद आचार्यले बिहानै सिंहदरबारस्थित समितिको कार्यालयमा अन्तिम तयारी भइरहेको जानकारी दिए। उनका अनुसार सोमबार बिहान ७ बजेदेखि समितिको बैठक चलिरहेको छ। आइतबार पनि समितिको बैठक राति १२ बजेसम्म बसेको थियो।

छानबिन समितिको म्याद आइतबार सकिएको भए पनि समितिले समयावधिभित्रै प्रतिवेदन तयार पार्ने प्रयास गरेको हो। समितिका सदस्यहरूले आइतबार सत्ता पक्षका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा मुख्यतः समितिको समय थप आवश्यक पर्छ कि पर्दैन भन्नेबारे पनि चर्चा भएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

गत २३ असारमा संघीय निजामती सेवा विधेयकमा “२ वर्ष कुलिङ पिरियड” सम्बन्धी विवादास्पद भाषा प्रयोग भएको भन्दै प्रतिनिधिसभाले सात सदस्यीय विशेष छानबिन समिति गठन गरेको थियो। सुरुमा २१ दिनको समय दिइएको समितिलाई पछि एक साता समय थपिएको थियो।

समितिको सभापतित्व कांग्रेसका सांसद जीवन परियारले गरिरहेका छन्। समितिमा कांग्रेसबाट सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली, र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य रहेका छन्।

प्रतिकृया