• २३ भदौ २०८३, मंगलबार
  • १ः२६ दिउँसो

एन आई सी एशिया बैंकका ग्राहकलाई ‘लेट मेइन’का विभिन्न सेवाहरु र कोरियन प्रोडक्टहरुमा विशेष छुट उपलब्ध

प्रकाशित मिति

२०८२ श्रावण १६ गते, शुक्रबार ०१:४५

श्रावण १६, २०८२ काठमाडौं  एन आई सी एशिया बैंक र कोरियन स्किन हस्पिटल ‘लेट मेइन’ बीच सेवा तथा उत्पादनमा विशेष छुट उपलब्ध गराउने सहमति भएको छ। सम्झौताअनुसार काठमाडौंको नयाँ बानेश्वर, महाराजगञ्ज र पोखराको चिप्लेढुंगामा अवस्थित लेट मेइन शाखाहरूमा बैंकका ग्राहकले विभिन्न स्किन तथा हेयर केयर सेवाहरूमा विशेष छुट पाउनेछन्।

National Life

बैंकका ग्राहकले Hair Transplant, Facial, Anti-aging Treatment, Scar Treatment, Acne Treatment र Hyperbaric Oxygen Therapy जस्ता सेवाहरूमा १० प्रतिशत छुट पाउनुका साथै, लेट मेइनले उपलब्ध गराउने कोरियन स्किन केयर उत्पादनहरूमा ८ प्रतिशत छुट पाउने सुविधा प्राप्त गर्नेछन्।

उक्त छुटको लाभ लिन ग्राहकले आफ्नो एन आई सी एशिया बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गर्नु पर्नेछ, वा MoBank मोबाइल एप मार्फत डिजिटल भुक्तानी गर्नुपर्नेछ। लेट मेइनसँगको यो सहकार्यबाट ग्राहकहरूलाई गुणस्तरीय सेवा र छुट सुविधा प्रदान हुनुका साथै, डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास बैंकले लिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया