• २१ असोज २०८३, बुधबार
  • ५ः५८ बिहान

बागमतीका तीन नयाँ मन्त्रीको आज शपथ

प्रकाशित मिति

२०८२ श्रावण १५ गते, बिहीबार १०:०१

श्रावण  १५, २०८२ काठमाडौं । बागमती प्रदेश सरकारका नव नियुक्त तीन मन्त्रीको शपथग्रहण आज (बिहीबार) दिउँसो १ बजे हुँदैछ। मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार नियुक्त गरेका गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई प्रदेश प्रमुखको कार्यालयमा शपथ दिलाइनेछ।

National Life

संसदीय दलको नेतामा पराजित भएपछि पनि लामाले मुख्यमन्त्री पद नछोड्ने अडान लिएका छन्। इन्द्रबहादुर बानियाँ नेतृत्वको कांग्रेस बहुमत पक्षले भने लामालाई राजीनामाको दबाब दिइरहेका छन्।

लामाले मन्त्री पदमुक्त गरिएका चार जना स्थानमा तीन नयाँ मन्त्री नियुक्त गरेका छन्। लम्साल आन्तरिक तथा कानुन, गुरुङ सहकारी तथा गरिबी निवारण, र श्रेष्ठ युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारीमा छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया